२०८३ कार्तिक १२ गते बुधबार

शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
karnali

सुर्खेत- आगामी शुक्रबार र शनिबार डिजिटल कर्णाली कन्क्लेभ-२०२४ आयोजना हुने भएको छ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० बढि सरोकारवाला र विज्ञहरु वत्ताको रुपमा सहभागिता रहनेछ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशहरुबाट सम्वन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिती रहनेछ। यसैगरी संघिय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्वन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहनेछ। सुर्खेत, बिरेन्द्रनगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्रीहरुको पावर सेसन रहेको छ भने सम्पुर्ण स्थानिय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको छ।

कन्क्लेभमा ४ वटा महत्वपुर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन्। शुक्रवार हुने उद्घाटन शत्रमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन मनोहर कुमार भट्टराइको कर्णालीको लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुती रहनेछ। यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युत्तिय शुसासन आयोगका सिइयो दिपेश बिस्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दुरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउण्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुत हुनेछ।

पहिलो दिन उद्घाटन पछिको शत्रमा डिजिटल पुर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन्। दोश्रो दिनको पहिलो सत्र कर्णालीको लागि भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केन्द्रीत रहनेछ। कर्णाली प्रदेशको कृषी, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुच लगायतका आइडियाहरु प्रस्तुत हुनेछन्। यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्वन्धमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ।

कार्यक्रमको पाचौ सेसन अन्तर्गत स्थानिय, प्रादेशिक र संघीय स्तरमा डिजिटल नेतृत्व र शुसासनको सुदृणिकरण विषयमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ। कार्यक्रमको समापन सेसनको रुपमा कर्णालीमा डिजिटल रुपान्तरणका मार्ग र गर्नुपर्ने कार्यहरुको बारेमा बहस हुनेछ। यसमार्फत प्रदेश सरकारले आगामी दिनमा गर्नुपर्ने कार्य र योजनाहरु बनाएर अगाडी बढ्नको लागि सहजता दिने अपेक्षा गरिएको छ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजकले जनाएको छ। २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए। राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिनेछ।

कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपुर्ण सावित हुने विश्वास गरिएको छ। यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले हार्दिक अपिल गरेको छ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका सस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ। शिक्षा, स्वास्थ, कृषी, पर्यटन, उर्जा लगायतका क्षेत्रहरुमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकरात्मक प्रयासहरुलाई कन्क्लेभमा छोटो प्रस्तुतीको लागि अवसर प्रदान गरिएको छ।

आइसिटी फाउण्डेसन डिजिटलाइजेसन र डिजिटल रुपान्तरणको अभियानमा काम गरिरहेको संस्था हो। सस्थाले विगत ३ वर्षदेखि सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम गर्दै आएकोमा यस वर्ष कर्णालीमा भने विशेष कार्यक्रमको रुपमा क्न्क्लेभको आयोजना भइहरेको छ। विगत २ वर्षदेखि डिजिटल नेपाल कन्क्लेभको आयोजना गरिरहेको फाउण्डेसनले अब प्रदेश सरकारहरुको सहकार्यमा प्रादेशिक कन्क्लेभ पनि सुरुवात गरेको हो। फाउण्डेसनले यस वर्षको डिजिटल नेपाल कन्क्लेभ बैशाख अन्तिम साता गर्ने तयारी गरेको छ।

प्रकाशित: २०८० फाल्गुण १६ गते बुधबार ०६:२८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना