काठमाडौँ- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा दोहोरो मुठभेड भएको छ।
कमलपोखरीबाट मार्च पास गर्दै भद्रकाली आएर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीसँग मुठभेड भएको हो।
सरकारले जारी गरेको निषेधाज्ञा तत्काल खुल्ला गर्न माग गर्दै क्रान्तिले नाराबाजी र प्रदर्शन गरेको थियो।
फागुन १४ गते महतोले लोसपा छाडेर नयाँ अभियानको घोषणा गरेका थिए।
महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर अभियानको घोषणा गरेका हुन्।
‘राष्ट्रिय मुक्ति क्रान्ति’ले १५ गते नै निषेधित क्षेत्र तोड्ने बताएको थियो। सार्वजनिक रूपमा प्रदर्शन गरेको पहिलो दिनमा नै मुक्ति क्रान्ति र प्रहरीबीच मुठभेड भएको हो।
बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भएका सबैलाई अभियानमा जोडिन महतोले आह्वान गरेका छन्।





























