काठमाडौँ- युट्यूबर मनोज कुमार महतो (मनोज मानव) कारागार चलान भएका छन्।
विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका थिए।
सोही मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
एक महिलाले आफ्नो चरित्र हत्या गरेको आरोपमा जाहेरी दिएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई पक्राउ गरेको थियो।
मनोज मानवलाई साइबर अपराधसम्बन्धी मुद्दामा उनी दोस्रोपटक पक्राउ परेका हुन्।
अघिल्लो मुद्दामा उनी धरौटीमा छुटेका थिए। उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो।
उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।


