२०८३ कार्तिक १२ गते बुधबार

महानगरले माग्यो विद्यालय सुधार योजना, निजी र सामुदायिकबीच भगिनी सम्बन्ध स्थापनाको लक्ष्य

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख ४
pokhara mun

पोखरा- पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ। नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो। यसका लागि महानगरको शिक्षा समिति तथा शिक्षा परिषद्को सिफारिस तथा अन्य सम्बद्ध निकायको अन्तक्रियाबाट प्राप्त सुझावलाई दृष्टिगत कार्यक्रम स्वीकृत गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

महानगरभित्रको शैक्षिक क्षेत्रलाई व्यवहारिक, व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले सबै सरोकारवालामा विशेष निर्देशन गरिएको पनि उनले जानकारी दिए। महानगरद्वारा जारी निर्देशन कार्यान्वयन नगरेमा नियमानुसार कारबाहीसमेत हुने महानगरले जनाएको छ। महानगरले ल्याएको कार्यक्रमअनुसार अब सबै प्रधानाध्यापकले विद्यालय सुधार एवं विकासको चार वर्षे योजना महानगरमा बुझाउनुपर्नेछ।

पहिलो वर्षको तेस्रो त्रैमासिकसम्ममा तय गरिएको परिणाम प्राप्त हुन नसकेमा आगामी शैक्षिकसत्रदेखि चार वर्षका लागि नयाँ योजनाका साथ नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाइने कार्यक्रम महानगरले जनाएको छ।

महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्कबापत एक पटक मात्र अधिकतम दुई महिनाको भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ।

एउटै विद्यालयमा अध्ययन गर्दासमेत माथिल्लो कक्षामा बर्सेनि भर्ना शुल्क लिने गरेको गुनासो अभिभावकको रहने गरेको छ। त्यसैगरी कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि प्रकारको ब्रिज कोर्स सञ्चालन गर्न नपाउने निर्णय गरिएको छ।

महानगरले कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीले कक्षा ११ मा सोही विद्यालयमा अध्ययन गर्न चाहेमा अनिवार्यरूपमा भर्ना लिई पठनपाठनमा सहभागी गराउनुपर्ने तथा महानगरस्थित सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारीरूपमा अगाडि बढाउने र शैक्षिक सत्र २०८० को नियमित पठनपाठन वैशाख १० गतेबाट सञ्चालन गर्नु पर्ने जनाएको छ।

संस्थागत तथा सामुदायिक विद्यालयले आफ्नो नजिकका विद्यालयबीच शैक्षिक गुणस्तर वृद्धि सम्बन्धमा आपसी सहकार्यसहित कम्तीमा एक/एक विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गर्नुपर्नेछ।

यसैगरी कुनै पनि शैक्षिक संस्थाले आफ्नो विद्यालय हाताभित्र पाठ्यपुस्तक, विद्यालय पोसाक तथा अन्य शैक्षिक सामग्री बिक्री वितरण गर्न पाइने, स्कुल बस विद्यालय सुरु हुनभन्दा डेढ घण्टा अगाडि मात्र विद्यार्थी ल्याउनको लागि प्रयोग गर्ने र २० वर्षभन्दा पुराना सवारी साधन प्रयोग नगर्न निर्देशन दिइएको छ।

विद्यालय क्षेत्रको एक सय मिटर वरपर सुर्तीजन्य तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न रोक लगाइएको छ। नयाँ विद्यालय तथा मन्टेश्वरी दर्ता र अनुमति बिना सञ्चालन गर्न र सञ्चालनमा रहेका विद्यालय तथा मन्टेश्वरीले अनुमति बिना कक्षा थप गर्न नपाइने तथा सामुदायिक विद्यालयको विद्यालय विकास कार्यक्रमको सन्दर्भमा प्रस्ताव पेस गर्न उच्चस्तरीय समिति गठन गरिएको र सो समितिको प्रतिवेदन आगामी शैक्षिकसत्रबाट लागू गरिने महानगरले जनाएको छ।

विद्यालयको वर्गीकरण तथा शुल्क निर्धारणका लागि विज्ञ समूह गठन भएकाले समितिको प्रतिवेदन प्राप्त भएपछि नयाँ शैक्षिक सत्रबाट लागू गरिने कार्यक्रम महानगरको छ।

यसैगरी शिक्षकको न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम हुनुपर्नेछ। आउने शैक्षिक सत्रबाट विद्यार्थीको खाजा का लागि २५ पुर्‍याउने तथा प्रधानाध्यापकको सेवा सुविधा प्रावि तहको रु दुई हजार र आधारभूत तहको रु तीन हजार माविको सुविधामा रु पाँच हजार थप गर्ने निर्णय महानगरले गरेको छ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालय आवश्यकताको आधारमा मर्ज गर्ने, स्थान र आवश्यकता हेरि मेघा स्कुलको अवधारणा अघि बढाउने र हरेक महिना शिक्षा महाशाखा, काउन्सिलर र प्रधानाध्यापकको पुनरवलोकन बैठक बस्नुपर्ने कार्यक्रम महानगरको छ।

प्रकाशित: २०८० बैशाख ४ गते सोमबार १०:१०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना