२०८३ कार्तिक १६ गते आईतबार

‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १९
khaptad

बाजुरा- बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ। गाउँपालिकाको १४औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रबार बसेको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले जानकारी दिइन्।

सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि उक्त कार्यविधि ल्याइएको उनले बताए। पालिकामा सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित गरिएको हो।

कार्यविधि पारित भएसँगै मर्यादित महिनावारी शब्द सम्बोधन गरिने र निवारणका लागि कार्यविधिबमोजिम काम गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताए । समाजमा व्याप्त रहेको छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि अघि सारिएको उनको भनाइ छ । कार्यविधि कार्यान्वयन भएसँगै महिलामाथि हुने विभेद कम हुने अपेक्षा लिइएको उनले बताए।

गाउँ सभाले उक्त कार्यविधिसँगै अन्य आठवटा कार्यविधि पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बर्ताए । हिउँदे अधिवेशनमा पेस गरिएका विषयगत समिति कार्य सञ्चालन कार्यविधि, टोलविकास संस्था गठन तथा परिचालन निर्देशिका, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, गाउँपालिका कार्य सञ्चालन निर्देशिका र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार आचारसंहिता सभाले पारित गरेको छ।

खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पूर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा पछाडि रहेकाले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन निरन्तर पहल गरिरहेको अध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार चालू वर्षको हालसम्म कूल बजेटको २९.४ प्रतिशत खर्च भएको छ।

गाउँ सभाले नागरिकका जनजीविकाका सवालमा आधारित भई पालिकामा नीति निर्माण गर्दै कार्यान्वयनमा जोड दिइएको उपाध्यक्ष नाथले बताए। पालिकामा थुप्रै नीतिनियम निर्माण गर्न बाँकी रहेका भन्दै आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर बनाइएका नीति कार्यान्वयनमा पहल गरिने उनको भनाइ छ।

प्रकाशित: २०८० फाल्गुण १९ गते शनिवार ०४:१५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना