पर्सा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन्।
सोमबार पर्साका जगरनाथपुर गाउँपालिका-३ विजवनियामा नवनिर्मित वडा कार्यालय भवन, बर्थिङ सेन्टर तथा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री रिजालले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको औँल्याएका थिए।
कार्यक्रमकामा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बर्थिङ सेन्टर र प्रयोगशालाबाट स्थानीय नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए। वडाको सेवा लिन पनि अब नागरिकलाई सहज हुने उनको विश्वास थियो।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दनसिंह क्षेत्री, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठलगायत उपस्थित थिए।
