काठमाडौँ- सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम चल्न छोडेका छन्।
बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएका हुन्।
संसारभर फेसबुक र इन्स्टा नचलेको भन्दै रिपोर्ट भइरहेको छ।
डाउनडिटेक्टर डटकममा ३ लाखभन्दा बढीले फेसबुक नचलेको रिपोर्ट गरिसकेको र यो क्रम जारी रहेको रोयटर्सले उल्लेख गरेको छ।
यस्तै इन्स्टामा २० हजार जनाले रिपोर्ट गरेका छन्।
यो विषयमा जिज्ञासा राख्दा मेटाले कुनै पनि प्रतिक्रिया नदिएको रोयटर्सले बताएको छ।
यो विषयमा फेसबुक र इन्स्टाको मातृकम्पनी मेटाले कुनै पनि जानकारी दिएको छैन।
तर मेटाको म्यासेजिङ एप ह्वाटसएप भने नेपालमा चलिरहेको छ।


