२०८३ कार्तिक १३ गते बिहिबार

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ५
nepa cricket

काठमाडौं- त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको उद्घाटन खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ। विपक्षी मलेसियाले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३५ रन बनाएपछि नेपालले २३६ रनको लक्ष्य पाएको हो।

खेलमा नेपालले छैटौं ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको थियो भने दोस्रो विकेटका लागि ३४औं ओभरको दोस्रो बल पर्खिनु परेको थियो। गुल्सन झाले ओपनर मुहम्मद अमिरलाई छैटौं ओभरमा आउट गराएका थिए।

राम्रो प्रदर्शन गरेको मलेसियाको पहिलो विकेट झर्दा उसले २२ रन बनाएको थियो। त्यसपछि मैदानमा रहेका वीरनदिन सिंहले कप्तान अहमद फाइजसँग मिलेर ११६ रनको साझेदारी गरे।

दोस्रो विकेटमा रुपमा आउट हुनुअघि फाइजले ९५ बलमा ७६ रन बनाएका थिए। सन्दीप लामिछानेको बलमा आसिफ शेखले फाइजलाई स्टम्पिङ गराएका हुन्। त्यतिबेलासम्म सिंहले पनि ४१ रन बनाइसकेका थिए।

नेपालले पहिलो विकेट गिराएको लामो समयसम्म दोस्रो विकेट लिन सकेन। छैटौं ओभरमा विकेट लिएपछि नेपालले अर्को विकेटको लागि २८ ओभर लामो यात्रा गर्नु परेको थियो। नेपालका लागि बलिङ गरिरहेका सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले ३७ ओभर सकिँदासम्म पनि विकेट लिएन सकेका थिएनन्।

यसबीच नेपालले दुई मात्र विकेट लिन सकेको थियो। मलेसियाविरुद्ध नेपालले गरेको यो निकै फितलो र कमजोर प्रदर्शनसमेत हो। तर ३८औं ओभरको पहिलो बलमा ललितले व्यक्तिगत पहिलो विकेट लिए।

उनको बलमा अर्धशतक पुर्‍याउन लागेका विरनदीप सिंह आउट भए। मैदानमा ९४ बल खेलेर ४६ रन बनाएको अवस्थामा ललितले विरनदीपलाई सोमपालबाट क्याचआउट गराएका थिए। यसरी मलेसियाले तेस्रो विकेट गुमाउँदा १५५ रन बनाइसकेको थियो।

ललितले अर्को विकेट भने ४०औं ओभरको पहिलो बलमा लिए। उनले त्यतिबेला विजय उन्नीलाई पेबेलियन फर्काएका थिए। सोमपालले खेलको ४१ औं ओभरको चौथो बलमा सियल अजिजलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए। आउट हुनुअघि अजिजले १३ रन बनाएका थिए।

यससँगै मलेसिया पाँच विकेट गिराएर १७३ रन बनाएको अवस्थामा थियो। नेपालले पछिल्लो चार ओभरमा तीन विकेट लिएको अवस्था भयो। त्यो अवस्थामा प्रशिक्षक मोन्टी देशाई आफैं पानी बोकेर मैदानको वरिपरि घुमेर खेलाडीलाई सुझाव दिइरहेका देखिन्थे।

नेपालले त्यसपछि लगातार विकेट लियो। ४७औं ओभरमा तर सोमपालले पहिलो बल डट फालेर लगातार दुई विकेट लिए। यससँगै मलेसिया सात विकेट गुमाएर २०९ रन बनाएको थियो। जतिबेला फित्री साम शून्यमै आउट भएका थिए भने खिजर हयातले २२ रन बनाएका थिए।

यसरी नेपालका लागि सोमपालले धेरै विकेट लिए भने ललित राजवंशीले किफायती बलिङ गरे। सन्दीपले अन्तिम ओभरमा दुई विकेट लिएपछि उनले व्यक्तिगत तीन विकेट लिए। यससँगै मलेसियाले आठ विकेट गुमाएर २३४ रन बनायो।

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार १२:४३
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना