काठमाडौँ- बालुवाटारमा प्रदर्शन गर्न पुगेका १३ जना मिटरब्याजपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार पौने १२ बजे बालुवाटारबाट १३ प्रदर्शनकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो।
निषेधित क्षेत्रमा जान लागेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
मिटरब्याज पीडितहरू भृकुटीमण्डपबाट जमल-नक्साल हुँदै बालुवाटार मार्च गर्ने योजना थियो।
उनीहरूलाई प्रहरीले भृकुटीमण्डमै रोकेपछि केही पीडित बालुवाटार प्रधानमन्त्री निवास ३ नम्बरको गेट पुगेका थिए।










