काठमाडौँ- बाँकेमा चोरहरुको समूहले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ। बाँकेको जानकी गाउँपालिका ५ रुद्रपुरका सन्तोष थारुको मृत्यु भएको हो।
थारुको घरमा चोरी गर्न गएका ५/७ जना चोरहरुको समूहले धारिलो हतियार समेत प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ। उनीहरुको कुटपिटबाट थारुकी श्रीमती घाइते भएकी छिन्।
लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको मृतक थारुकी साली बसन्ती चौधरीले बताइन्।
प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।


