२०८३ कार्तिक १६ गते आईतबार

अन्तर्राष्ट्रिय महिला दिवस : विपद् र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २४
reproductive_health_program (3)
कार्यक्रममा देखाइएका नाटकका दृश्य।

काठमाडौँ- ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्।

प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो। चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए। उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए। उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए।

विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले मार्मिक नाटक प्रस्तुत गरेका थिए। नाटक हेरेर दर्शक भावुक बनेका थिए। समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरेका थिए।

कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविकता पीडा अभिव्यक्त गरेकी थिइन्। कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसंगै आनन्द लिएका थिए। उनको र्याप गीतमा महिलालाई सचेत गराइएको थियो।

उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए। यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताइन्।

एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थिति थियो। ‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’लाई ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको छ।

कार्यक्रममा देखाइएका नाटकका दृश्य।

कार्यक्रममा देखाइएका नाटकका दृश्य।

प्रकाशित: २०८० फाल्गुण २४ गते बिहिबार ०५:४३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना