काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर सरकारमा सहभागी भएको जिकिर गरेका छन्।
गृहमन्त्री भएको दुई दिनपछि फेसबुकमा स्टाटस लेख्दै उनले कुनै कम्प्रमाइज नहुने बताएका छन्।
‘चेक लिस्ट’ सहित आएका छौं। ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौं,’ गृहमन्त्री रविले लेखेका छन्।
नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन्। उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन्।


