चितवन– पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइन बसेका युवकको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको लाइनमा पालो कुर्दाकुर्दै ज्यान गएको हो।
आइतबार बिहान मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका थिए। तर उनले उपचार लिनका लागि टिकट काट्न नपाई ज्यान गुमाउनु परेको हो।
टिकट काट्नका लागि लाइनमा नै बसेका बेला उनी अचानक लडेका थिए।
त्यसपछि आकस्मिक कक्षमा लगिएको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार उनलाई कार्डियाक एरेस्ट भएकाले मृत्यु भएको बताए।
