२०८३ कार्तिक २२ गते शनिवार

एक वर्षअघि र अहिलेको अर्थतन्त्रः बाह्य क्षेत्र सुध्रियो, आन्तरिक शिथिलता कायमै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २८
nepalrastbank

काठमाडौँ- कोभिड १९ महामारी, रुस-युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तंग्निने क्रममा छ। दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ।

तर, सार्वजनिक वित्तका सूचकहरु अहिले पनि सकारात्मक छैनन्। न्युन राजस्व असुली, कमजोर पुँजीगत खर्च, बढ्दो चालु खर्च, वर्षेनी बढिरहेको सार्वजनिक ऋण र त्यसको साँवा–ब्याजको दायित्वलगायतका समस्या ज्युँका त्युँ छन्।

पुँजी निर्माण र आन्तरिक उत्पादनका क्षेत्रमा लगानी हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्षित अंकभन्दा निकै तल छ। बेरोजगारी र युवा पलायनको समस्या हल हुन सकेको छैन। बैंक-वित्तीय संस्थामा तरलता सहज भएका ब्याजदर घट्दोक्रममा रहेपनि कर्जाको माग बढ्न सकेको छैन।

बढ्दो मुद्रास्फीति र घट्दो बजार मागले उपभोक्ता बजार चलायमान बन्न सकेको छैन। ठूलो लगानी रहेका घरजग्गा र पुँजीबजार क्षेत्रमा पनि उल्लेख्य चमक छैन। यसै सन्दर्भमा पछिल्लो एक वर्ष अवधिमा मुलुकको आर्थिक तथा वित्तीय सूचकमा देखिएका परिवर्तनलाई तुलनात्मक समीक्षा गरेक छाैं।
बाह्य क्षेत्र

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव नौ प्रतिशतले वृद्धि माघ मसान्तमा रु १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। गतवर्षको यहि अवधि अर्थात् २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ।

चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव सात महिनाको वस्तु आयात र १२ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ।

जबकि, गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा १० दशमलव आठ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति थियो। अहिले विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ दशमलव तीन प्रतिशत छ। गतवर्ष माघ मसान्तसम्ममा यस्तो अनुपात २५ दशमलव एक प्रतिशत थियो।

चालु खाता एवम् शोधनान्तर स्थिति

गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा रु २९ अर्ब ६४ करोडले घाटामा रहेको चालुखाता अहिले एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा छ। गतवर्षको माग मसान्तसम्ममा एक अर्ब ४ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी मुलुकले भित्र्याएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब १८ करोड छ।

त्यसैगरी, विसं २०७९ माघ मसान्तमा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेकोमा २०८० माघ मसान्तमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ।

विप्रेषण आप्रवाह

गत आर्थिक वर्ष २०७९/८० को शुरुवाती सात महिना अर्थात् माघ मसान्तसम्ममा मुलुकले छ खर्ब ८९ अर्ब ८८ करोड विप्रेषण भित्र्याएको थियो। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ। अघिल्लो आवको शुरुवाती सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रेमिट्यान्स २१ दशमलव छ प्रतिशतले वृद्धि हो।

वैदेशिक व्यापार

चालु आर्थिक वर्षको शुरुवाती सात महिनामा कुल वस्तु निर्यात सात दशमलव एक प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले कुल ९३ अर्ब ४३ करोड बराबरको वस्तु निर्यात गरेको थियो।

गतवर्षको तुलनामा निर्यात मात्र नभई आयात पनि घटेको छ। गत आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल नौ खर्ब १९ अर्ब १७ करोड बराबर रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड कायम भएको छ।

सरकारी वित्त

गत आर्थिक वर्ष २०७९/८० को सात महिनामा संघीय सरकारको कुल खर्च रु छ खर्ब ६७ अर्ब ६६ करोड थियो। जसमध्ये चालु खर्च पाँच खर्ब ३१ अर्ब ५० करोड, पुँजीगत खर्च ६६ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च ६९ अर्ब ८६ करोड थियो। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको कुल खर्च खर्ब ८६ अर्ब ७५ करोड पुगेको छ।

यो अवधिसम्मको चालु खर्च पाँच खर्ब ९ अर्ब ४ करोड, पुँजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्थातर्फको खर्च एक खर्ब १४ अर्ब १३ करोड रहेको छ। अर्थात् गतवर्षको तुलनामा यसवर्ष चालु र पुँजीगत शीर्षकको खर्च घटेको छ भने वित्तीय व्यवस्था शीर्षकको खर्च बढेको छ। वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट सार्वजनिक ऋणको साँवा ब्याज तिर्न खर्च हुने गरेको छ।

गतवर्षको तुलनामा यसवर्ष राजस्व संकलनमा पनि उल्लेख प्रगति देखिँदैन। गत आर्थिक वर्षको सात महिनामा सरकारले कर राजस्वतर्फ चार खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड गरी कुल पाँच खर्ब १४ अर्ब ६९ करोड राजस्व परिचालन भएको देखिन्छ।

चालु आर्थिक वर्षको सोहि अवधिमा समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने कर राजस्व पाँच खर्ब १० अर्ब ५० करोड र गैर कर ५६ अर्ब ९१ करोड गरी कुल पाँच खर्ब ६७ अर्ब ४० करोड राजस्व परिचालन भएको छ।

विसं २०७९ माघ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ४ अर्ब ९२ करोड नगद रहेकोमा गत माघ मसान्तसम्ममा दुई खर्ब १५ अर्ब २६ करोड नगद मौज्दात छ।

मुद्रास्फीति

मुद्रास्फीति वृद्धिदर गतवर्षको तुलनामा केही घटेको छ। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाँच दशमलव ०१ प्रतिशत छ।

सेवा क्षेत्र

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा खुद सेवा आय ३७ अर्ब २६ करोडले घाटामा छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३८ अर्ब ४५ करोडले घाटामा थियो। गत आर्थिक वर्षको शुरुवाती सात महिनामा विदेश भ्रमणका लागि नेपालबाट ६२ अर्ब ५७ करोड बाहिरिएको थियो।

चालु आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय ४९ दशमलव नौ प्रतिशतले बढेर एक खर्ब ४ अर्ब ७५ करोड पुगेको छ। विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले गर्ने खर्च अर्थात् शिक्षातर्फको व्यय चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ६४ करोड छ। गत आर्थिक वर्षको शुरुवाती सात महिनामा यस्तो खर्च २२ अर्ब ६० करोड बराबर थियो।

विनिमय दर

विसं २०८० असार मसान्तको तुलनामा विसं २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली मुद्रा एक दशमलव ०५ प्रतिशतले अवमूल्यन भएको छ। गत माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु एक सय ३२ दशमलव ५६ पुगेको छ। विसं २०७९ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय ३१ दशमलव ७० पुगेको छ।

निक्षेप र कर्जा परिचालन

गत वर्ष २०७९ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको निक्षेप दुई खर्ब ५३ अर्ब ९७ करोड रहेकोमा २०८० माघ मसान्तसम्ममा तीन खर्ब ९७ अर्ब २० करोड रहेको छ।

त्यस्तै, गतवर्षको शुरुवाती सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब २१ करोड बराबर कर्जा प्रवाह भएको छ।

ब्याजदर

विसं २०७९ मा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमलव ७९ प्रतिशत रहेकोमा अहिले घटेर २०८० माघसम्म पुग्दा तीन दशमलव ३४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा पाँच दशमलव २९ प्रतिशत रहेकोमा २०८० माघमा तीन दशमलव ०४ प्रतिशत रहेको छ।

विसं २०८० माघमा वाणिज्य बैंकहरुको औसत आधारदर नौ दशमलव ०६ प्रतिशत, विकास बैंकहरुको ११ दशमलव १३ प्रतिशत र वित्त कम्पनीहरुको १२ दशमलव ७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १० दशमलव ७२ प्रतिशत थियो।

प्रकाशित: २०८० फाल्गुण २८ गते सोमबार ०२:३१
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना