२०८३ कार्तिक २३ गते आईतबार

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
dhaka

ढोरपाटन (बागलुङ)- ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन्। ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन्। अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन्।

गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि ७ लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन्। उद्योग सातजना महिलाले सञ्चालन गरेको उनको भनाइ छ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताइन्। ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उनले बताइन्।

उनले भनिन्, ‘उद्योग सञ्चालन गर्न गाउँपालिकाले धेरै सहयोग गरेको छ, हामीले पनि मेहनत गरिरहेका छौँ, छोटो समयमा पनि निकै राम्रो भएको छ, हामीहरूले उत्पादन गरेका सामग्री बिक्री भएन भनेर पिर गर्ने अवस्था छैन, यहीँबाट खपत भइरहेको छ, सिक्दै काम गर्दै गर्दा पनि धेरैतिरबाट हौसला मिलेको छ, उद्योगलाई थप व्यवस्थित बनाउँदै जाने योजनामा छौँ, गाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने लागेको छ।’

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताइन्। प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रद्धर्शनसमेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उनको भनाइ छ। एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताइन्। गाउँपालिकाले उद्यमीका लागि निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ।

‘यहाँका महिला दिदीबहिनी निकै उत्साहित भएर काम गर्नुभएको छ, उहाँहरूले सञ्चालन गरेको उद्योगमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ, सुरुमा तालिम लिने बेला त्यत्ति उत्साह देखिएन तर अहिले धेरैले चासो दिनुभएको छ’, सहजकर्ता घर्तीले भनिन्, ‘उद्यम र सीपले यहाँका महिलालाई आत्मनिर्भर बनाउन थालेको छ, बजारको कुनै समस्या नभएको हुँदा उत्पादन पनि निरन्तर गरिराख्नुभएको छ, गाउँपालिकाले गर्ने प्राविधिकदेखि विभिन्न किसिमका सहयोग गर्दै आएको छ।’

प्रकाशित: २०८० फाल्गुण २९ गते मङ्गलबार ०८:०३
प्रतिक्रिया

थप समाचार

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना