२०८३ कार्तिक १२ गते बुधबार

रविले ल्याएको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज, ठेक्का पनि तोड्ने निर्णय

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ५
ravi
रास्वपा सभापति रवि लामिछाने।

काठमाडौँ- रवि लामिछाने गृहमन्त्री हुँदा ल्याएको राष्ट्रिय परिचय पत्रसम्बन्धी कार्यविधि खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज गर्दै कार्यविधि अनुसार निर्णय गरी दिएको ठेक्का पनि खारेज गर्ने निर्णय गरेको हो।

लामिछाने गृहमन्त्री बनेका बेला सार्वजनिक खरिद ऐनको व्यवस्था मिचेर ७ दिनभित्रै ठेक्का दिन सकिने गरी ल्याएको ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण एवम् अन्तर प्रणाली आबद्धता सम्बन्धी कार्यविधि, २०७९’लाई खारेज गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। ऐनको व्यवस्थाविपरीत कार्यविधि ल्याएर ठेक्का दिएको विषयमा छानबिन पनि अघि बढाउने सरकारको निर्णय छ।

नागरिकका व्यक्तिगत र जैविक विवरण व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने गरी गरी ल्याएको कार्यविधि खारेज गर्ने तयारी भइरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसअघि नै बताएका थिए। रविले गराएको निर्णय खारेज नभएको भए राष्ट्रिय परिचय पत्र बनाउँदा नागरिकले शुल्क तिर्नुपर्ने थियो।

पुस ११ गते मन्त्रीको शपथ लिएका लामिछानेले १३ गते उक्त कार्यविधि स्वीकृत गरी मन्त्रीबाट बाहिरिनुभन्दा एक दिन अघि मात्र प्रक्रिया पूरा गरेका थिए। मन्त्रालयका कर्मचारीले ऐनविपरीत कार्यविधि बनाएर ठिक्क पारेको र आफू गएपछि त्यसलाई सदर गरेको रविको जिकिर छ। उनले ऐनका व्यवस्थाविपरीत कार्यविधिमा व्यवस्था राखिएको विषय आफूलाई पनि उचित नलागेको दाबी गरेका छन्। तर आफैँ कार्यविधि स्वीकृत गरी नागरिकलाई शुल्क उठाउने र विदेशी कम्पनीलाई वार्षिक करोडौँ कमिसन दिन सेटिङ गरिएको भन्दै रविको आलोचना भइरहेको छ।

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार ०६:५९
प्रतिक्रिया

थप समाचार

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...

दशैँको टीका लगाउने आज अन्तिम दिन, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ: आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना