२०८३ कार्तिक १६ गते आईतबार

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १
ss

टीकापुर- ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ। पचहत्तर वर्ष उमेर लागेकी उनलाई ग्याष्ट्रिकको समस्याले सताएको छ। यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उनी बताउछिन्। ‘चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ’, उनले भने, ‘खानपानमा निकै ध्यान दिनुपर्छ। शरीर कमजोर हुँदै गएको छ। स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन्।’

कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ। ‘नियमित औषधि खान्छु, दीर्घरोगले सतायो’, उनी भन्छिन्, ‘बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ।’ उमेर ढल्कदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ। शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन्। उनीहरु बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन्।

अर्का ज्येष्ठ नागरिक शिव गौचनलाई पनि विभिन्न खाले रोगले सताएको छ। नियमित औषधि खानुपर्ने समस्या रहेको उनको भनाइ छ। ‘शरीरमा कहिल्यै आराम छैन, औषधिको सहारामा ज्यान बाचेको छ’, उनले भने, ‘शरीरमात्र होइन मन पनि उमेर ढल्कदै जाँदा कमजोर हुने रहेछ।’

टीकापुरकै मनबहादुर रावललाई पनि उच्च रक्तचापको समस्या रहेकाले नियमित औषधि सेवन गरिरहेका छन्। उनी सरकारले भत्ता उपलब्ध गराएर राम्रो गरिरहेको बताउँछन्। ‘म जस्ता नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएर राम्रो काम गरेको छ’, उनले भने, ‘त्यही भत्ताले आफ्नो खर्च चलाउन पुगेको छ। सरकारले स्वास्थ्य बीमा गरिदिएर औषधि उपचारमा सहज भएको छ।’

मोती ढोली पनि विभिन्न खाले स्वास्थ्य समस्याबाट ग्रसित छन्। छोरा बुहारी भारतमा भएकाले उनलाई कामकाजमा समस्या हुने गरेको छ। असी वर्ष पुग्न थालेकी धना ढुङ्गानालाई मधुमेहका कारण बढी समस्या हुने गरेको छ। उमेर ढल्केसँगै हातखुट्टा दुख्नेलगायतका समस्याले सताएको छ।

टीकापुरकै गजमति थारु पनि नियमित औषधि खान्छिन्। गजमतिले घरमा सबै काम गर्छिन्। कृपाराम सञ्जाललाई उच्च रक्तचापले असर गर्दा राम्ररी बोल्न समस्या हुने गरेको छ। दुई वर्षदेखि उनको स्वास्थ्यमा समस्या छ। छोराहरु रोजगारीका सिलसिलामा अन्य मुलुक रहेकाले बूढाबूढी मात्र बसिरहेका उनी बताउँछन्।

ज्येष्ठ नागरिक अधिकांश दीर्घरोगको समस्या झेलिरहेका छन्। यस्तो बेलामा स्थानीय सरकारले उनीहरुको उपचार सहजताका लागि ज्येष्ठ नागरिक शिविर, स्वास्थ्य बीमाजस्ता कार्यक्रम गरिरहेको छ। टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल पालिकाले नसर्ने जटिल रोग भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चमा समेत सहयोग गरिरहेको बताए। ‘हामी ज्येष्ठ नागरिकका समस्यामा गम्भीर छौँ। हामीले उनीहरुलाई उपचारमा प्राथमिकता दिने गरेका छौँ’, उनले भने, ‘ज्येष्ठ नागरिकको मनोसामाजिक अवस्था बुझेर परिवारले स्याहार गर्न आवश्यक छ।’

टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ६८ वर्षमाथिका चार हजार ६२१ र ६० वर्षमाथिका ज्येष्ठ नागरिक दलित ७४० जना छन्। ज्येष्ठ नागरिक एकल महिला ६० वर्षमाथिका ६२७ जना छन्। ज्येष्ठ नागरिकलाई उपचार र स्याहार मात्र होइन मनोसामाजिक रुपमा बलियो महसुस गराउन, उनीहरुलाई सामाजिक तथा व्यक्तिगत काममा सक्रिय बनाउने प्रयास हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवा सरोज रेग्मीले बताए। ‘हामीजस्ता उमेर ढल्केकालाई पनि दैनिकी जीवनमा सक्रिय राख्नुपर्छ, जसका लागि परिवार महत्वपूर्ण हुन्छ’, उनी भन्छन्, ‘म सामाजिक काममा सक्रिय छु। यसले मानिसलाई ऊर्जावान् बनाउँछ। मनमा उत्साह भएमा बुढ्यौलीले पनि हार्छ। मानिसले काम गरिरहेमा शरीर पनि फुर्तिलो हुन्छ।’

प्रकाशित: २०८० चैत १ गते बिहिबार ०८:५६
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना