काठमाडौँ– धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
धरानबाट भोजपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमानामा पर्ने बेलका नगरपालिकास्थित मैनामैनीनजिकै दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
बसबाट ७ जनाको शव निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले जानकारी दिए।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो।


