२०८३ कार्तिक २३ गते आईतबार

राज्यले एक्कैचोटी पहाड पल्टिएजस्तो भएपछि सहकारी डुबेको थाहा पायो – मन्त्री गिरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
padam giri

काठमाडौँ – कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले एकाध सहकारी र तिनका संचालकको बेइमानीलाई लिएर सिंगो सहकारी आन्दोलन र सहकारी संस्थाहरुको बदनाम गर्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेकाले त्यसको प्रतिकार गर्नुपर्ने बताएका छन्।

बिहीबारबाट काठमाडौँमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन्।

उनले सहकारीहरु समस्याग्रस्त हुँदाको समयसम्म राज्यका नियमनकारी निकाय के हेरेर बसिरहेको थियो भनेर समेत प्रश्न गरे।

‘अहिले सहकारीका सवालमा यति ठूलो अफवाहहरु श्रृजना गरियो फैलाइएको छ। केही सहकारी संस्थाहरुले सहकारीका मूल्यमान्यता सिद्धान्त भन्दा बाहिर गएर कारोबार गरे। राज्य कहाँ थियो, हेर्ने निकायहरु कहाँ थिए, त्यसलाई हेर्ने अधिकारीहरु कहाँ थिए? के गरेर बसिरहेका थिएरु किन गाडी चढेको, किन तलबभत्ता खाएको किन सुविधा लिएको ? जुनजुन काम परिभाषित जिम्मेवारी हो। त्यसमा ध्यान दिनुपर्थ्यो नि?’, सम्बोधनका क्रममा उनले प्रश्न गरे।

गिरीले नीतिनियम भन्दा बाहिर गएर सहकारीले ठूलाठूला हाउजिङ, प्लटिंग र गाडीमा अर्बौको लगानी गर्दा राज्यलाई थाहा नहुनु र एकैपल्ट पहाड पल्टिएजस्तो भएपछिमात्र थाहा नहुनु आफैमा दुखद् अवस्था भएको भनाइ राखें।

‘ठूलाठूला हाउजिङमा, ठूलाठूला प्लटिङमा, गाडीमा अनेकअनेकमा अरबौअरभ लगानी भइराख्दाखेरि ती सर्वसाधारणबाट २–४ लाख, २ हजार, ४ हजार यसरी उठाएको पैसा लगाइराख्दाखेरि राज्यलाई थाहा नहुनी,अनि एक्कैचोटी पहाड पल्टिएजस्तो भएपछि बल्ला थाहा पाउने’, उनले भने।

यसैगरी उनले केही सहकारी संस्थाहरुले बदनाम कमाए भन्दैमा सिंगो सहकारी आन्दोलन नै गलत थियो भन्नेगरी जबरदस्त त्यो भाष्य स्थापित गर्न खोजिएको कुरा आफूहरुका लागि स्वीकार्य नहुने भनाइ राखे।

‘जसले यो सहकारी आन्दोलनको सुरुवात गरेर यहाँसम्म योगदान गर्नुभो, जति साथीहरु दशभरमा यसमा हुनुहुन्थ्यो कति यही हुनुहुन्छ। यसको तत्काल प्रतिवाद हुनुपर्थ्यो। गलत गर्नेलाई कारवाही गरेर। तर यो आन्दोलन, यो मुभमेन्टका विरुद्ध जुन अफवाह र भ्रम श्रृजना गरिया छ , यो स्वीकार्य छैन भनेर’, उनले भने, ‘सडकमै आउनुपर्ने भएपनि आउनुपर्थ्यो। सहकारी संचालक चोर हुन फटाह हुन, बदमास हुन भन्ने प्रकारले जबरदस्त त्यस्ता कुरा तल लगियो। हामीबाट त्यसको प्रतिवाद जसरी हुनुपर्थ्यो त्यसरी भएन। मलाई अचम्म र विडम्बना लाग्छ।’

उनले यसैगरी संचालकलाई लगेर थुनेर हालको सहकारी समस्याको समाधान नहुने धारणा पनि सो क्रममा राखे। उनले संचालक थुन्ने काममात्र राज्यले गर्ने हो भने सहकारी बचतकर्ताको रकम फिर्ता नभएर झन भयावह स्थिति आउनसक्ने भएकाले व्यावहारिक्तालाई हेरेर सोही अनुसार संचालकहरुलाई केही समय दिनुपर्ने बताए।

‘ठीक छ संचालकहरुलाई पनि गलत गर्‍या छ भने उनीहरुलाई लगेर थुनिहाल्ने हो भने त्यो बचत कसले फिर्ता दिन्छ? त्यहाँ पनि हेर्नुपर्यो? सम्भव भएसम्म त्यो वचत फिर्ताका लागि त्यहाँ उनीहरुलाई नै त्यहाँ परिचालन गर्नुपर्ने हुनसक्छ। जमानतमा छोडेर भएपनि त्यो प्रक्रियालाई अगाडि बढाउन सकिने होकी, निश्चित समय तोकेर सकिने होकी , अनेक विकल्प खोज्नु परेन’, उनले भने, ‘हिजो पनि राज्यले नियमन नग्रदा यो हदसम्म बिग्रिसके पछि यसलाई सुधार्न पनि केही समय मिल्छ होला। विधिसम्मत ढंगले व्यवहारिक हिसाबमा हेरर अगाडि बढ्नुपर्थ्यो नी। संचालक समात्दिने जेल हाल्दिने ? त्यसपछि कसले फिर्ता गर्छ ? त्यस्तो वस्तुवादी भएर वस्तुनिष्ठा भएर यथार्थको धरातलमा टेकेर सबैले मःमः भनेर आत्मसमीक्षा गरेर समस्याको समाधान गर्ने र जिरो बिन्दुमा ल्याएपछि नयाँ ढंगले अगाडि बढ्ने हो। यस्तो कालको विधिहरु नअपनाउने हो भने हामीले धेरै अरु समस्याहरु भोग्नुपर्ने हुनसक्छ।’

उनले यसक्रममा गल्ती गर्ने संचालकलाई कानुनी दायरामा ल्याउनुपर्ने भनाइ राखे। उनले संचालक थुन्ने अनि ऋण फिर्ता नगर्ने ऋणीचाँहि बाहिर खुल्मखुल्ला डुलिरहने अवस्था रहेको र यसले कुने समाधान नदिने धारणा राखे।

‘यतिसम्म भयो एउटा सहकारीबाट ऋण लगेको मान्छे सरर प्राडो गाडीमा हिँड्छ, कार चलाएर हिँड्छ। विचरा त्यसलाई ऋण दिनी मान्छे विचरो जेलमा गएर बस्या छ, जसले ऋण दियो संचालक समिति ऊ जेलमा छ। जो ऋण खाएको थियो, उसले ऋण तिर्नपर्थ्यो, ऊ शानसँग कार चलाएर हिँड्याछ, स्ट्याण्ड्र्ड होटलमा बसेर खाएको छु’, उनले भने।

यसैगरी मन्त्री प्रविधिमैत्री बनाएर सहकारीलाई पारदर्शी बनाउन सकिने बताउँदै बैंकहरुलाई राष्ट्र बैंकले नियमन गरेजस्तैगरी सहकारीलाई पनि नियमन गर्ने निकाय चाहिने आवश्यक्ता औंलाए।

‘जसरी बैंकहरुको राष्ट्र बैंकले हेरिराखेको हुन्छ। त्यसरी हेर्ने एउटा निकाय त अनिवार्य नै छ। प्रत्येक दिनका सहकारीका आर्थिक कारोबारहरु प्रत्येक दिन त्यसको रिपोर्टिङ गर्ने त्यो प्रणाली हामीले स्थापित गर्नैपर्छ’, उनले भने।

प्रविधिमार्फत सदस्यहरूलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिनसके जनतामा विश्वास बढ्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक ऐनहरु बनाइनुपर्ने बताए।

प्रकाशित: २०८० चैत २ गते शुक्रबार ०८:५३
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना