काठमाडौँ- इस्लाम धर्मावलम्बीले मनाउने रमजान पर्व सुरु भएको छ।
रमजानको पहिलो शुक्रबार मस्जिदहरुमा नमाज पढ्नेहरुको भीड लागेको छ।
हिजरी सम्वत् अनुसार रमजान ९औं महिनामा पर्छ।
इस्लामी पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक’ लेखिएको हुन्छ।
विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमानहरूले अन्य महिनाभन्दा यो महिनालाई पवित्र मान्दछन्।
नवौँ महिनाको पहिलो दिनदेख रोजा सुरु हुन्छ।












