काठमाडौँ- अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी एउटै कार्यक्रमबाट सम्मानित भएका छन्।
बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड कार्यक्रममा उनीहरू सहभागी भएका हुन्।
कार्यक्रममा गायिका समीक्षा अधिकारीले ‘नबोली नबोली’ बोलको गीत गाइन्। उनले ‘पोखरा बगरमा’ बोलको गीतबाट लोकदोहोरी गायिका जुरी अवार्ड थापिन्।
पलले विभिन्न गीतमा नृत्य गरे। उनले ‘तिमी र म जामजाम’ बोलको गीतबाट बेष्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल प्राप्त गरे।
कार्यक्रमको अन्त्यमा अवार्ड र सम्मान प्राप्त गर्नेको ग्रुप फोटो सेसन भएको थियो। पलले फोटो खिचाएपनि समीक्षा भने सहभागी भइनन्।
कार्यक्रममा थुप्रै कलाकारहरू सम्मानित भएका थिए।
क–कसले पाए अवार्ड
सर्वोत्कृष्ट महिला गीतकार (सुगम सङ्गीत)
नभए यदि भर — राधिका अधिकारी
महिला गीतकार सुगम सङ्गीत जुरी अवार्ड
एक चिम्टी सिन्दूर — सविता पोखरेल
सर्वोत्कृष्ट गीत
जालि माया — विष्णु भण्डारी
सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (पुरुष)
प्रेमको प्रस्ताव — निशान भट्टराई
सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला)
तिम्रो यादैमा — काव्य आचार्य
सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला) जुरी अवार्ड
एकोहोरो माया – बेनिशा पौडेल
सर्वोत्कृष्ट सङ्गीत (सुगम सङ्गीत)
जान्दिन हे प्रियतम — वि.वि.अनुरागी
सर्वोत्कृष्ट रचना (सुगम सङ्गीत)
सँगसँगै बाचौला — सत्यराज चौलागाई
सर्वोत्कृष्ट एरेञ्जर (सङ्गीत संयोजन)
सुदिप सागर — सकम्बरी
सर्वोत्कृष्ट पप गायन
टंक तिमिल्सिना — मेरी चम्पा
सर्वोत्कृष्ट युगल गायन
रमेश राज भट्टराई र रचना रिमाल — बिदाइ (भन साइला २)
सर्वोत्कृष्ट लोक दोहोरी गायक
रामचन्द्र चन्द — घाटी रेट्नेलाई
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
जुना श्रीष मगर— पानी खोलीको
लोक दोहोरी गायिका जुरी अवार्ड
समीक्षा अधिकारी – पोखरा बगरमा
सर्वोत्कृष्ट लोक दोहोरी भाका
रमेश परियार— वनमा खयर
सर्वोत्कृष्ट लोक दोहोरी गीत
कृष्ण भारद्वाज — डम्बर कुमारी
सर्वोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक भिडियो
पत्थरको मुटु २ — विजय पुन र गीता ढुंगाना
सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत
बाबुराम श्रेष्ठ– वीर नेपाली सेना
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी
मौसम हिमाली — रिमै
म्युजिक भिडियो निर्देशन लोक दोहोरी जुरी अवार्ड
काजिश श्रेष्ठ – तिमी र म जाम माया
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम सङ्गीत
शिशिर खाती – जुम्ला
सर्वोत्कृष्ट छायाँकार म्युजिक भिडियो
नवराज उप्रेती — सकम्बरी
सर्वोत्कृष्ट सम्पादन म्युजिक भिडियो
मनोज कार्की — जुम्ला
सम्पादन म्युजिक भिडियो जुरी अवार्ड
दिपक विष्ट — तिमी र म जाम माया
सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी
डोलराज परियार — कमली
सर्वोत्कृष्ट नवप्रतिभा पप तथा आधुनिक
चेतन गोतामे – को आफ्नो हो को पराई
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल लोक तथा दोहोरी
अनु पराजुली र दिक्पाल कार्की — ओ राजै
म्युजिक भिडियो मोडल लोक तथा दोहोरी जुरी अवार्ड
संचिता शाही — मायाले फसायो
म्युजिक भिडियो मोडल लोक तथा दोहोरी पब्लिक च्वाइस अवार्ड
एलिना रायमाझी– फुलमा रस छ की
बेष्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल
पल शाह — तिमी र म जाम माया
विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान
दिपक अर्याल — जापान


