काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीआईबी पठाउने निर्णय गरेको हो।
यसअघि सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएको छ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यलाई कारबाही सिफारिस गरेपछि उनको जिम्मेवारी खोसिएको हो।
आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही सिफारिस गरेको छ।


