२०८३ कार्तिक १६ गते आईतबार

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ सदस्य मनोनित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
Galeshwar Ashram

काठमाडौँ- पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनित भएका छन्।

आश्रमको २९औँ साधारणसभाले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी अद्वेतानन्द गिरी, गैँडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलङ्की काठमाडौँका एकारत्न आचार्य, विदुर नगरपालिका नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्रप्रसाद अर्याल, नक्साल काठमाडौँका सुशीलकुमार पन्त, बसुन्धरा काठमाडौँका सुनिलपाणि गौतम, बाँसबारी काठमाडौँका विष्णु पोख्रेल, मित्रपार्क काठमाडौँका डा वासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा डा मनोहरलाल प्रधान, टोखा काठमाडौँका दीपक कुँवर र टाँडी चितवनका रामहरि अर्याललाई सञ्चालक समिति सदस्य मनोनित गर्ने निर्णय गरेको हो।

उनीहरू चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनित भएको गलेश्वर आश्रमले जनाएको छ। देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गरेको हो। आश्रमअन्तर्गत एक सय ८५ वटा कुटी छन्। त्यसैगरी ज्योतिर्लिङ्गेश्वर महादेव, सिद्धेश्वर महादेव, गङ्गामाता मन्दिर, सङ्क्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन्। आश्रमअन्तर्गत वेदवेदाङ्ग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ। उक्त विद्यालय गलेश्वर बाबाले २०२३ सालमा स्थापना गरेका हुन्।

हाल आश्रमको पीठाधीशमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज छन्। उनको पदाभिषेक २०५३ सालमा शङ्कराचार्य जयन्तीका दिन भएको थियो। हालसम्म स्वामीजीको कुशल नेतृत्वमा आश्रम सञ्चालित छ। आश्रमअन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ। आश्रमअन्तर्गतको वेदवेदाङ्ग विद्यालय भवनमा १५ कोठा थियो। हाल करिब रु १५ करोड लगानीमा बनेको वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने चरणमा पुगेको छ। त्रिचालीस कोठे यो भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि छ।

आश्रमअन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन्। तीर्थयात्रीका लागि निःशुल्क बास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ। आश्रमअन्तर्गत देवघाटवासीका लागि निःशुल्करूपमा देवघाट धर्मार्थ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको छ। आश्रमद्वारा सञ्चालित देवघाट एनआरएन वृद्धाश्रममा ८५ जना वृद्धवृद्धा छन्।

आश्रमको उद्देश्यअनुसार निःशुल्क भोजन, निःशुल्क संस्कृत शिक्षा, तीर्थबास र निःशुल्क स्वास्थ्य सेवा गर्दै ‘अतिथि देवो भवः’ मूलमन्त्रको साथै पञ्चशालामार्फत हरेक तीर्थयात्री र भक्तजनले सेवा लिन र दिन सक्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २०८० चैत २ गते शुक्रबार ०६:५६
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना