२०८३ कार्तिक २३ गते आईतबार

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
ss

राँझा (बाँके)- नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए।

‘सिक्टा सिँचाइ आयोजनाको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रमा किसानलाई लिफ्टिङ प्रविधिबाट नहरको पानी तानेर सिँचाइको सुविधा पु¥याउने काम सुरु भएको छ’, इञ्जिनियर पौडेलले भने, ‘लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा छ, कचनापुरको पूर्वी र पश्चिमी भागमा ठेक्का हुने क्रममा रहेको छ।’

लिफ्टिङ सिँचाइ योजनाको कार्य गर्न सौर्य तथा विद्युत उर्जाबाट सिँचाइ प्रणाली जडानमा सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्षमा ४ करोड विनियोजन भएको छ। उक्त बजेटबाट लिफ्टिङ सिँचाइ योजनाको काम सुरु भएको आयोजनाका सूचना अधिकारी पौडेलले बताए।

आफ्नै खेतबारीबाट सिक्टाको पश्चिमी मूल नहर सञ्चालन भए पनि राप्ती सोनारीको वडा नं २, ८ र ९ का खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन। नहरको सतह गहिराई भएका कारण जमिनमा सिँचाइ हुन नसकेको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए।

‘सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना ल्याएपछि किसानमा खुसियाली छाएको छ’, वडाध्यक्ष थारुले भने, ‘अब नहरमा बगेको पानी टुलुटुलु हेर्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, किसानको खेतबारीमा सिक्टाको पानीले सिँचाइ हुने आशा जागेको छ।’

राप्ती सोनारीको ढकेरी क्षेत्रमा १० थान लिफ्टिङ सिँचाइको योजना माग गरेकामा नमूनाको रुपमा एउटा योजना सञ्चालन हुन लागेको वडाध्यक्ष थारुले बताए। योजना कार्यान्वयनका लागि राप्ती सोनारी–९ मा ढकेरी लिफ्ट जल उपभोक्ता संस्था स्थापना भएको छ। लिफ्टिङ सिँचाइको योजना सञ्चालन हुने भएपछि स्थानीयवासीसमेत उत्साहका साथ लागि परेको ढकेरी लिफ्ट जल उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर भण्डारीले बताए।

किसानलाई सहजरुपमा सिँचाइको सुविधा पु¥याउन विभिन्न योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए। चालु आवमा लिफ्टिङ सिँचाइसँगै पूर्वी मूल नहरको बाँकी कार्य गर्ने ठेक्का व्यवस्थापनको तयारी, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखा नहरको निर्माण कार्यको काम गरिने निर्देशक निरौलाले जानकारी दिए।

प्रकाशित: २०८० चैत ३ गते शनिवार ११:०६
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना