२०८३ साउन १३ गते बुधबार

आगामी शैक्षिक शत्रमा समयमै पाठ्यपुस्तक पाइने !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ४
janak siksha

काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ। कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले यस वर्ष पाठ्यपुस्तक समयमै पुग्ने बताएको हो।

अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन्। देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ। जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ। तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ।

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले १ करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म १ करोड ५७ लाख थान छापिसकिएको जानकारी दिए। कक्षा ५ को पुस्तक मात्रै छाप्न बाँकी छ। कक्षा ५ मा छाप्नुपर्ने कुल २४ लाख थान पाठ्यपुस्तकमध्ये ६ लाख थान छापिसकिएको छ।

उनले बाँकी १८ लाख थान पाठ्यपुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने दाबी गरे। पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी थिइन्। उनले विद्यार्थीले भर्ना भएकै दिन हातहातमा पाठ्यपुस्तक पाउने गरी काम गर्न निर्देशन दिएकी थिइन्।

जनक शिक्षालाई चालु शैक्षिक सत्रका लागि कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिएको थियो। तर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हात हातमा पु¥याउन सफल भएपछि आगामी वर्षका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको हो। जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले आगामी शैक्षिक सत्रमा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नदिने र यस वर्ष जस्तै सेटमै पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठ्यपुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन चौबिसै घण्टा जारी राखिएको छ। जनक शिक्षाले पुस्तक वितरणमा पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा उपत्यकालाई दिएको छ।

केन्द्रीय कार्यालयबाहेक उपत्यकाबाहिरका नौ वटा बिक्री केन्द्रबाट पुस्तक वितरण गरिने जनक शिक्षाले जनाएको छ। उनले भने, ‘हामीले अहिले दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ। छपाइ सकिएका पुस्तक सातै वटा प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पु¥याउने काम पनि सँगसँगै भइरहेको छ। गत वर्ष जस्तै यस वर्ष पनि चैतमै पुस्तक वितरणको काम सुरु गर्छौं।’

सरकारले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी नौ वटा निजी मुद्रण संस्थालाई दिएको छ। उनीहरूले पनि पुस्तक छपाइ कार्यलाई तीव्रता दिइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ। तीमध्ये ५ लाख थान पुस्तक यसअघि जनक शिक्षाले नै छापिसकेको छ। केन्द्रले कक्षा ५ को पाठ्यपुस्तकको पनि जिम्मेवारी जनक शिक्षालाई यस वर्ष दिएकाले प्रिन्ट रेडी कपी (पिआरसी) भर्खरै जनक शिक्षालाई उपलब्ध गराएको छ। यसले गर्दा सो कक्षाको सम्पूर्ण पाठ्यपुस्तक छपाइ सक्न केही ढिला हुने बताइएको छ।

उनले भने, ‘फागुन अन्तिम सातासम्म तथ्याङ्क माग्दा ६० लाख थान पाठ्यपुस्तक छापिसकिएको थियो। बाँकी पुस्तक केही दिनमा छापिसकिन्छ। आगामी शैक्षिक सत्र सुरु हुने समयमा पाठ्यपुस्तकमा समस्या पर्दैन।’

प्रकाशित: २०८० चैत ४ गते आईतबार ०६:४२
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना