तेह्रथुम- तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा आगलागीबाट १९ घर जलेर नष्ट भएका छन्।
गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको हो।
आइतबार भएको आगलागीबाट दिउँसोसम्म १९ घर जलेर नष्ट भएको वडाध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।
आगो अहिलेसम्म पनि नियन्त्रणमा लिन नसकिएको उनले बताए।
पानीको समस्याका कारण आगलागी नियन्त्रणमा लिन समस्या छ।
यसअघि शनिबार मात्र तेह्रथुमकै आठराई गाउँपालिका-१ पुरानागाउँमा ३ वटा घर जलेर नष्ट भएका थिए।














