काठमाडौंँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्ड स्वचालित हतियारसहित पक्राउ परेका छन्।
सोमबार बिहान करिब ११ बजेतिर सर्वोच्च अदालत परिसरबाट प्रहरीले प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ परेका हुन्।
सर्वोच्च अदालत परिसरमा स्वचालित हतियार र सय राउन्ड गोलीसहित उनीहरू पक्राउ परेका थिए।
अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जानकारी दिएको छ।
मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेसी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए।
अदालतका मूल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो।
उनीहरुबाट मेड इन जर्मनी जिएसजी-५ लेखिएको स्वचलित हतियार १ थान, सानो र ठूलो गरेर ४ थान म्यागजिन, म्यागजिन होल्डर १ थान, त्यसको गोली १०० राउन्ड बरामद भएको थियो।


