काठमाडौँ– महिला सहकर्मी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन्।
राष्ट्र बैंककै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि आचार्य बर्खास्त भएका हुन्।
उक्त उजुरीमाथि छानबिन गर्दा दोषी देखिएपछि आचार्यलाई बर्खास्त गर्ने निर्णय भएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए।
‘उहाँलाई बैंकिङ सेवामा अयोग्य नठहरिने गरी नेपाल राष्ट्र बैंकको सेवाबाट बर्खास्त गर्ने निर्णय गरिएको छ,’ उनले भने।
गत पुस अन्तिम साता नगरकोटमा आयोजित कर्मचारीको तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रममा निर्देशक आचार्यले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ।


