काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नहरूको सामना गर्ने बैठक सुरु भएको छ।
बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाएको थियो।
त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलको तर्फबाट दिपक गिरीलाई बोल्ने समय दिएका थिए।
आकस्मिक समयमा सांसदले समसामयिक विषयवस्तुबारे धारणा राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम छ।
प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेमाथि उठेका प्रश्नको जवाफ पनि प्रधानमन्त्री प्रचण्डले दिनेछन्।
सोमबार नै प्रधानमन्त्री दाहालले लामिछानेको कुनै दोष नभएको कान्तिपुर टीभीसँग बताएका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको छ।
भिडियो


