२०८३ कार्तिक १६ गते आईतबार

होलीगीतले गुञ्जायमान बन्न थाल्यो मिथिला

 |  सञ्जीतकुमार मण्डल
Sanket

सञ्जीतकुमार मण्डल

जलेश्वर, चैत ६
holi

रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ÷सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ।

नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत)को धुन सुनिन थालेको छ।

उमेरले ६० पुग्न आँटेका जलेश्वर नगरपालिका–८ बजराही गाउँका विपेन्द्र पाण्डे अहिले साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फू समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्छन्।

त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५५ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चोक पुग्छन्। यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४४ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चौकमा पुग्ने गर्छन् भने गाउँको पूर्वारी टोलबाट ७० वर्षीय गौरी चौधरी पनि ढोल बजाउँदै सो चोकमा आइपुग्ने गर्छन्।

विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने यी चारजनाबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्ने बित्तिकै मिलन चोकमा जम्मा हुने गर्दछन्। आपसी भाइचारा, प्रेम सद्भाव, सुख दुःख साटासाट गर्न र पुस्तौंदेखि चल्दै आइरहेको होलीगीत (जोगिरा)को संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिकरुपमा जम्मा हुने गरेका छन्।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थाल्छन्। होलैयाहरु (जोगिरा गाउने) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ–आफ्ना घरआँगनमा बसिरहेका जोकोही पनि प्रसन्न एवम् खुसी हुने गर्दछन्।

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजा लिएर विभिन्न धुन र सङ्गीतको सृजना गर्दै सुरु गरेका जोगिरा राति ११/१२ बजेसम्म निरन्तररुपमा चलिरहन्छ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा बाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराका क्रममा हुने नाच र गान समेतमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे होलैया (जोगिरा गाउने) अरुण पाण्डेले बताए।

जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिराटोली निकै चर्चित छ। यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम दुवै समुदायको समावेशिताले यसलाई झन् अद्भुत बनाइदिएको स्थानीय मुसलिम अगुवा सकुर राइनको बुझाइ छ।

हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नलिने सामान्य मान्यतालाई सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा गलत साबित गर्दै स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवा अगाडि बढेको नेपाली कांग्रेसका स्थानीय युवा नेता अनिल पाठक बताउँछन्।

वर्षौंदेखि यहाँका मुस्लिम हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाडपर्व एकसाथ मनाउँदै आएको उनको भनाइ छ।

होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएको वडा नं ७ का वडाध्यक्ष रामछविला यादव बताउँछन्। जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको उनको भनाइ छ। मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीय जीतेन्द्र शर्माले बताए।

स्थानीय शिवचन्द्र कापरका अनुसार यस वडामा अहिले कतिबेला साँझ पर्ने र कतिबेला होलैया आएर जोगिरा सुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुने बित्तिकै प्रत्येक घरघरबाट निस्केर सबैजना होली गीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन्।

देश, विदेशमा बस्दै आएका सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौली गाउँमा पनि निकै धुमधामका साथ गाइने तथा सुन्ने गरिएको स्थानीय सञ्चारकर्मी एवं होलैया रहेका स्थानीय सञ्चारकर्मी ४० वर्षीय नवीन प्रियदर्शी बताउँछन्।

सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको उनको भनाइ छ। सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर–सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको उनले थपे।

‘जोगिरा सररर, जोगिरा सररर।’
‘मिथिलामे राम खेलैया होली, मिथिलामे। मिथिलामे हो, मिथिलामे हो, मिथिलामे।’
‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली। मिथिलामे’
‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली।
हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे।’
‘जोगिरा सररर, जोगिरा सररर।’
‘रङ्ग बरसे भिगे चुनरबाली रंग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रंगबरसे’

‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया।
सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया।’
सीया झारु नम्बी केश, सीया हो, हो, हो। सीया झारु नम्बी केश,
सीया हो, हो, हो सीया झारु नम्बी केश। राम लैहे सोनेके ककहिया।’

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा केही दिनदेखि दिनदेखि रातिको समय होलैयाको भीडले मेलाजस्तै लाग्ने तथा उनीहरुले गाउने होलीगीत (जोगिरा)ले गाउँ नै गुञ्जायमान हुनेगरेको स्थानीय सुनिल ठाकुले बताए। जलेश्वर नगरपालिकाको बजराही, अनकार र पिपराको बनौली गाउँजस्तै जोगिराको धुनमा अहिले महोत्तरीको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ पनि रङ्गिएको पूर्ववडाध्यक्ष बलिराम रायले बताए। उनले अहिले बथनाहामा पनि कतिबेला साँझ पर्ने भन्दै स्थानीय बासिन्दा प्रतीक्षामा रहने गरेको बताउँछन्।

स्थानीय ललिन्द्र दुवे, समीर राय, भोगी कापरसहितका होलैयाले ढोल बजाउन, झ्याली पिट्न, हारमोनियम बजाउन र गीत गाउन सुरु गरेपछि बथनाहा गाउँ पनि रङ्गीन हुने गरेको छ। राति अबेरसम्म चलिरहने गीत–सङ्गीत, हाँसो ठट्टाले दैनिक रुपमै होली चलिरहेको आभास गराउने गरेको स्थानीय युवा नेता चन्दन दुबेले बताए। होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा जोगिरा गाउन सुरु भएको छ। जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँटोलमा चैतको फागुन २० गतेदेखि नै प्रत्येक रातिको बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका साथ जोगिरा गाउने चलन चलिरहेको छ।

‘फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी’
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर।’
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर।’

जस्ता सयौँ गीत, चुट्किला, हाँसो ठट्ठा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतीक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा सुुरु भइसकेको छ।

जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा वृद्धलाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म जाग्राम गराउने तथा जोगिरा गाउन लगाउने गरिएकोे जलेश्वर नगरपालिका–२ का प्रवीण साहले बताए। उनले होलैयाले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफू रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए।

मिथिलाञ्चलभरि चलिआएको जोगिरालाई पछिल्लो केही वर्षदेखि भारतको विहार र उत्तर प्रदेश राज्यसँग सीमा जोडिएका मिथिलाञ्चल क्षेत्रमा भोजपुरी भड्किलो गीत, खुल्ला मदिरा व्यापार र चर्को आवाजमा बजाइने बाजाको प्रभावले अशान्त तुल्याउने गरेको मनरासिस्वा नगरपालिका–४ का ७५ वर्षीय अरुण सिंहले बताए। परापूर्वकालदेखि चलिआएको जोगिरा गायनको संरक्षण गर्नुपर्नेमा उनको जोड छ। होली गीत केवल मनोरञ्जनको साधन वा गीत नभएर हाम्रो परम्परा एवं हाम्रा पुर्खाको धरोहर रहेको र यस परम्परा तथा धरोहरलाई संरक्षण, संवद्र्धनका साथै यसको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताउँछन्, संस्कृतिविद् धु्रव राय।

मिथिलाञ्चलका गाउँगाउँमा रहेका मठमन्दिर, चौतारा, पार्टी, पौवा, दोबाटो, चौबाटो अहिले रातिको बेला सङ्गीतमय बनेको बेला मिथिलामा विभिन्न देवीदेवताको आगमन हुने गरेको भन्दै मटिहानी नगरपालिका–८ का राजनीतिकर्मी वशिष्ठ मिश्रले जोगिराको संरक्षण, संवद्र्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताए। होलीगीत मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको पनि मत रहेको छ। -रासस 

प्रकाशित: २०८० चैत ६ गते मङ्गलबार ०३:१०
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना