काठमाडौँ- रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ।
योसँगै रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या ३३ पुगेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक थप १६ नेपालीको मृत्यु भएको सूचना सरकारलाई आएको छ।
तर उनीहरूको सनाखत हुन सकेको छैन। यसका लागि डीएनए परीक्षणको काम अघि बढाइएको छ।
यसअघि नै सरकारले रुसी सेनामा भर्ती भएका १७ जना नेपाली ज्यान गइसकेको बताएको थियो।


