गोरखा- गोरखाको रागेन गुम्वा छेकम्पारमा आयोजित चुम श्याग्या शताब्दी महोत्सव २०८० को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त
काट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाकोको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्।
अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा आयोजना गरिएको महोत्सव प्रधानमन्त्री दाहालले बुधबार उद्धाटन गरेका हुन्।
वैशाख ९ गतेसम्म चल्ने महोत्सवमा मूल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले करिब एक करोड खर्चेर महोत्सव आयोजना गरिएको बताएका छन्। चुम उपत्यका काटमार नहुने अहिंसा क्षेत्रका रूपमा परिचित छ।









सबै तस्बिर : प्रदीपराज वन्त


