विराटनगर- मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्।
ती पुरुषले छोरामाथि पनि आक्रमण गर्न खोजे पनि भागेर बाँच्न सफल भएका छन्।
मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडाटोलमा डेरा गरी बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् ।
६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई दाउ प्रहार गरी हत्या गरेका थिए।
लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गीताको घटनास्थलमा नै मृत्यु भएको थियो। लगतै पुगेको प्रहरीले बमलाई गम्भीर घाइते अवस्थामा फेला परेकाले नोबेल अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले बमलाई मृत घोषित गरेका थिए।


