काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ। काठमाडौँ उपत्यकामा बुधबार दिनभर निरन्तर वर्षा भएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए।
उजले आगामी २ दिनसम्म वर्षाको सम्भावना रहेको बताए। ‘काठमाडौँमा बुधबार दिनभर नै वर्षा भएको छ, आगामी २ दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन। २ दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ।’
मौसमविद् अधिकारीले आज कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
प्रकाशित: २०८० चैत ८ गते बिहिबार ०६:१६