काठमाडौँ- बुधबार काठमाडौँमा ९.८ मिलिमिटर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै भन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा ८.५, धनकुटा ५ मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ।
आज कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: २०८० चैत ८ गते बिहिबार ०६:२५