काठमाडौँ– बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा अवैध रूपमा निजीकरण गरेको आरोपमा व्यवसायी अरुण चौधरीकी पत्नी शिला चौधरीसँग पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको छ।
बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउन्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा निजीकरण गरेको आरोप चौधरी परिवारमाथि छ।
यो प्रकरणमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ।
चौधरी दाजुभाइका भिनाजु महेश अग्रवाललाई पनि सीआईबीले यसअघि बयान लिएको थियो।
यो प्रकरणमा सीआईबीले अनुसन्धान जारी रहेको बताएको छ।


