काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको हो।
सीआईबीले महरालाई छोरा निर्मलको जिम्मा लगाएको छ।
गत सोमबार महरा कपिलवस्तुबाट पक्राउ परेका थिए।
उनलाई काठमाडौँ ल्याएर सीआईबीले बयान लिएको थियो।
सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उनीमाथि अनुसन्धान थालिएको हो।
तर महराले आफूलाई नखाएको विष लागेको बताएका छन्।
आफू सुन तस्करीमा संलग्न नभएको उनको भनाइ छ।


