काठमाडौँ- काठमाडौँ उपत्यका भएर बग्ने सबै खोला र नदी नभई ढल र नालीजस्ता देखिन्छन्।
बाह्रै महिना कालो, पहेँलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन।
उपत्यका भएर बग्न मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला, टुकुचेलगायत मुहानबाट निस्केको केहीबेरमै कालो ढल बनेका छन्।
मानवको जीवन पानीमै भर परेको हुन्छ। विश्वमा मानव इतिहास पनि खोला नदीको किनारबाटै शुरु भएको पाइन्छ।
जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ।















