काठमाडौँ- हुम्लामा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ।
हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा अदानचुली गाउँपालिका ५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ।


