सुर्खेत- कर्णाली प्रदेशमा तीन मन्त्रालय लिएर नेपाली कांग्रेस पनि सरकारमा सहभागी भएको छ।
मुख्यन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बिहीबार नेपाली कांग्रेसको तर्फबाट सहभागी तीन र माओवादी केन्द्रका एक जनालाई मन्त्री पदमा शपथ दिलाएका हुन्।
कांग्रेसबाट वेदराज सिंह, खड्गराज पोख्रेल, कृष्णकुमार बिसी मन्त्री बनेका हुन्। सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पोख्रेलले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए। बीसी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन्।


