काठमाडौँ- काठमाडौँको रविभवनस्थित मदर्स प्राइड विद्यालयको आठौँ वार्षिकोत्सव सम्पन्न भएको छ।
‘गर्वत्व’ नाम दिइएको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूबीच विभिन्न विधामा प्रतिस्पर्धाका साथ शनिबार सम्पन्न भएको हो।
गर्व र पहिचानको अस्तित्वलाई प्रश्रय दिने उद्देश्यले वार्षिकोत्सवलाई ‘गर्वत्व’ नामकरण गरिएको विद्यालयकी निर्देशक प्रीति सिंगलले जानकारी दिइन्।
वार्षिकोत्सवका अवसरमा शुक्रबार राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
पूर्वपरराष्ट्रमन्त्री एनपी साउद प्रमुख अतिथि रहेको कार्यक्रममा कलाकार सरोज खनाललगायतले विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरेका थिए।


