काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई हटाइएको छ। प्रहरी प्रधान कार्यालयले ब्युरोबाट हटाएको हो।
इन्स्पेक्टर सुरेश खत्री र रन्जित लामा प्रहरी प्रधान कार्यालयमा तानिएको छ। इन्स्पेक्टर वकिल सिंह र कृष्ण श्रेष्ठलाई पनि सरुवा गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा पठाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावललाई पनि सीआईबीमा लगिएको छ।
सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा सीआईबी अधिकारीलाई विभागीय कारबाही गर्न सुझाव दिएको थियो।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको सिफारिसअनुसार यसअघि नै सीआईबीका एआईजी किरण बज्राचार्य सहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो।


