२०८३ कार्तिक १६ गते आईतबार

‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
RadhikaKandel_Pokhara_RSS_11_0O7A9822
होली पूर्णिमाको अवसरमा आइतरबार पोखरामा होली खेलेर रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । तस्बिरट्ध: नबहादुर गुरुङ/रासस

अन्नपूर्ण (कास्की)- जर्मनीबाट पोखरा आएकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी छन्। उनको अनुहारभरि रङ्ग दलिएको थियो। सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो।

नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो। ‘कसैको अनुहार रङ्गविहीन देखेको छैन। यो निकै रमाइलो पल हो,’ लुकाले भनिन्, नेपालमा आएको मैले पहिलोपटक होली खेलेँ। यस्तो माहोलमा रमाइलो गर्न पाउँदा म निकै खुसी छु।’

लुकासँगै उनीका साथी पनि रङ्ग खेलिरहेका थिए। नेपालको यो पर्वका बारेमा जर्मनी फर्किएपछि अरू साथीहरुलाई सुनाउने लुकाले बताइन्। ‘जर्मनी गएपछि रङ्ग खेलेको, नाचेको, रमाएको बारेमा अरू साथीहरुलाई भन्नेछु। सबै सुनेपछि उनीहरु पनि पक्का खुसी हुनेछन्,’ लुकाले भनिन्,
‘समयले साथ दिएसम्म अर्को वर्ष परिवार वा अरू साथीहरुलाई लिएर होली खेल्न नेपाल आउनेछु।’

होली पूर्णिमाको अवसरमा आइतरबार पोखरामा होली खेलेर रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । तस्बिर : धनबहादुर गुरुङ/रासस

उनीसँगै धेरै पर्यटक पोखरा लेकसाइड क्षेत्रमा रङ्गसँग रमाउँदै थिए। लेकसाइड अम्बोटबाट नाचगान गर्दै र रङ्ग दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे। पहिलोपटक होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए। पोखरा घुम्न आएका पर्यटकलाई रङ्गीन बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो। पर्यटक मात्रै होइन, आज पोखरा लेकसाइड पुगेका सबैको अनुहार रङ्गीन थियो। लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, होली मनाउनेहरुले भरिभराउ थियो।

रेवान पोखराले होली खेल्नुअघि अम्बोटदेखि खहरचोकसम्म पञ्चेबाजाको धुनमा पैदलयात्रा गरेको थियो। त्यस्तै तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए। ‘हामीले बर्सेनि होलीलाई उत्सवमय बनाउन कार्यक्रम गरिरहेका छौँ। यो पटक ¥यालीसहित अन्य कार्यक्रम गरियो,’ अध्यक्ष भट्टराईले भनिन्, ‘हामीले तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन राखेका थियौँ भने होलीका लागि रङ्गको पनि व्यवस्था गरेका थियौँ।’

सधैँको जस्तै यो पटकको होली कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको अध्यक्ष भट्टराईले बताए। ‘अब बिस्तारै पर्यटकको सिजन पनि सुरु हुँदैछ। पर्यटक धेरै हुने समयमा भएकाले विदेशी पर्यटकहरुले यसलाई बडो गज्जबले मनाए,’ अध्यक्ष भट्टराइले भने, ‘यसले पोखरा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास छ। अब यसलाई ‘ब्रान्डिङ’ गर्न सरकारले पनि सोच्नुपर्छ।’

होली पूर्णिमाको अवसरमा आइतरबार पोखरामा होली खेलेर रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । तस्बिर:धनबहादुर गुरुङ/रासस

होलीमा पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। ‘पोखरा होलीका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ। यसले पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘अर्को वर्षमा योभन्दा व्यवस्थित तरिकाले लैजान आवश्यक छ। यसका लागि प्रचारप्रसार गर्न जरुरी छ।’

होलीलाई व्यस्थित गरी ब्रान्डिङ गर्न आगामी वर्ष योजना बनाएर अघि बढ्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए। ‘आज पोखराका हरेक क्षेत्रमा होलीको रौनक देखियो यसले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ,’ प्रवक्ता तिम्सिनाले भने, ‘होली मनाउन पोखरा जानुपर्छ है भन्ने सन्देश दिनका लागि आगामी वर्षबाट केही योजना बनाउँछौँ।’ होलीलाई थप व्यवस्थित बनाउन पर्यटन क्षेत्रका सङ्घसंस्थासँग छलफल गरेर आगामी वर्षको योजना तय गरिने उनको भनाइ थियो।

प्रकाशित: २०८० चैत ११ गते आईतबार ०९:४७
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना