२०८३ कार्तिक १६ गते आईतबार

न्यारोबडी जहाजको मर्मत चाँडै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
neuro

काठमाडौँ- इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ। दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो। केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ।’

आइएआईसँग भएको सम्झौता अनुसार जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिनको व्यवस्था गर्ने र बिग्रेको इन्जिन ६५ दिनभित्रै मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने भए पनि सम्झौता अनुसार मर्मतको काम हुन नसक्दा समय लागेको उनले बताए।

पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो। साउन पहिलो साता इन्जिनमा समस्या आएको उक्त जहाजले असोज १३ गते इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो। १० दिनपछि बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर भाडाको इन्जिन जडान गरेर नेपाल आएको उक्त जहाजको इन्जिनमा मङ्सिर १४ गते समस्या आएपछि काठमाडौँमै ग्राउन्डेड भएको थियो। मासिक दुई हजार डलर भाडामा जडान भएको भाडाको इन्जिनसहित इजरायल पुगेको जहाजको अहिले साउन पहिलो साता मर्मतका लागि छाडेर आएको इन्जिन राखेर ल्याउने तयारी भइरहेको हो। जहाजसँगै इजरायल पुगेको इन्जिन भने अझै मर्मत सुरु भएको छैन।

इन्जिन मर्मत भएर जहाज उडानमा नआउँदा निगमले मासिक ठुलो परिमाणमा आम्दानी गुमाइरहेको छ भने अर्कोतर्फ इन्जिनको भाडाबापत निगमले मासिक दैनिक दुई हजार डलर तिर्दै आएको छ।

निगमले जुन कम्पनीसँग इन्जिन मर्मतको सम्झौता गरेको थियो त्यही कम्पनीबाट भाडामा इन्जिन ल्याएर जडान गरेको थियो। ग्राउन्डेड न्यारोबडी जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दै आएको छ।

निगमले जहाज नेपाल आइसकेपछि सम्झौता अनुसार इन्जिन समयमै उपलब्ध गराउन नसकेको, घाटा बढाएको लगायतका कारण देखाउँदै आइएआईसँग क्षतिपूर्तिको माग अघि बढाउने तयारी गरेको छ। निगम प्रवक्ता पौडेलले भने घाटा दाबीबारे निगमले अहिले कुनै निर्णय नगरेको बताए।

प्रकाशित: २०८० चैत १२ गते सोमबार १०:०१
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना