अछाम- अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।
सोमबार बिहान मेल्लेख गाँउपलिका-७ सुयेडीमा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए।
सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ रिषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी रहेका छन्।
दुर्घटनामा परी तीन जना घाइते भएका छन्। ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक जना बालक गरी ३ घाइतेलाई बयालपाटा अस्पाताल लगिएको छ।
उनीहरूको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए।


