काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा रिट जारी गरेको छ। मेडिकल कजेल सञ्चालन गर्न पाउनुपर्ने माग राखेर प्रसाईँले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले पक्षमा रिट जारी गरेपछि प्रसाईँलाई बिएन्डसी मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले सोमबार प्रसाईँका पक्षमा रिट जारी गरेको हो।
मेडिकल कलेज सञ्चालनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए।
