काठमाडौँ- गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन्। उनले अहिले आफू विवाहको तयारीमा जुटेको जानकारी दिएकी छन। ‘अहिले म विवाहको तयारीमा जुटेको छु। निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन्।
गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन्। उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। एलिनाको स्थायी घर झापा हो।
गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ। यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो।



