२०८३ कार्तिक १६ गते आईतबार

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री राई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १४
kdfoer

धुलिखेल (काभ्रेपलाञ्चोक)- खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताए।

बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताए।

उनले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए।

‘यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ’, मन्त्री राईले भने, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन्।’ नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उनको भनाइ छ।

प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताए।

अहिले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

सांसद बास्कोटाले अहिलेको चुनौती जलवायु परिवर्तन भएको बताउँदै त्यसलाई मानव विकास, सभ्यताका सूचाङ्कलाई नागरिक र जनप्रनितिधिको सहकार्यबाट समाधान गर्नुपर्ने बताए।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपा नगरपालिकाले लिने नीति, काम र अभियानले समग्र जिल्लालाई सकारात्मक प्रभाव पार्न सक्नुपर्नेमा जोड दिए।

फोहर, खानेपानी र विकास निर्माणलगायत कार्यमा प्रदेश र सङ्घीय सरकारको सहकार्य आवश्यक रहेको भन्दै सोहीअनुसार नागरिकको हितलाई केन्द्रमा राखेर योजना बनाइरहेको जानकारी दिए।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बन्दै गरेको सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारका क्रममा भएको अव्यवस्थित कामका कारण नगरबासीले समस्या व्यहोर्नु परेको भन्दै त्यसलाई माथिल्लो तहबाट नै व्यवस्थित गर्न आग्रह गरे।

नगरपालिका–६, ७, ८, १० ११ र १३ अरनिको राजमार्गअन्तर्गत पर्ने भन्दै उक्त सडकमुनि ढल र खानेपानीको पाईप रहेकामा अहिले विस्तार गरिएको आयोजनाले थप समस्या निम्त्याएको उनको भनाइ छ।

उनले निर्माणाधीन सडक व्यवस्थित बनाउनुपर्ने भन्दै यसमा सङ्घीय सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको छ। सो क्रममा बनेपा विशिष्ट सेवा पदक, बनेपा दीर्घ सेवा पदक, बनेपा सेवा पदक, बनेपा तारा, सेवानिबृत्त हुनुभएका शिक्षक, उत्कृष्ट करदातालगायतलाई सम्मान गरिएको छ।

सो क्रममा नगरपालिकाको विभिन्न गतिविधि समेटेर तयार पारिएको ‘बनेपा बुलेटिन’ मन्त्रीलगायत अतिथिले सामूहिक रुपमा विमोचन गरेका थिए।

प्रकाशित: २०८० चैत १४ गते बुधबार ०७:००
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना