काठमाडाैँ- त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ।
काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट त्रिशुलीमा खसेको थियो।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा रहेका मानिसको पहिचान भने खुलेको छैन। यद्यपि १ बालिका, २ पुरुष र २ जना महिलाको मृत्यु भएको जनाइएको छ।
ट्याक्सीमा ६ जना सवार थिए भन्ने बुझिएको चितवन प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जनाएका छन्। बाँकी विवरण आउन बाँकी छ।
पाँचै जनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा ट्याक्सी खसेको थियो।


