काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन्। झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
आइतबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने आफूले लिएको ऋण पनि तिर्ने बताए।
‘एफिलेसन आयो। कलेज चल्छ, म बैंकको पैसा तिर्छु। ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ भनेको हो। गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको,’ उनले भने।
उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए। ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु। क्लियर कुरा।’


